प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्चमा रिट दायर, प्रधानमन्त्री पद धरापमा

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

kp-oli-

काठमाडौ । पार्टीभित्र चरम विवाद बढीरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ । सपथ नलिई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणी न्यौपानेले बुधबार रिट दायर गरेका हुन् ।
मुद्दाको रिटमाथि आउँदो शुक्रबारका लागि पेसी तोकिएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओलीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले फागुन २० गते शपथ लिएको भएतापनि फागुन ३ गते शेरबहादुर देउवाले राजिनामा दिएलगत्तै सोही दिन ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री बनेकै दिन दुई जना मन्त्री थपेका प्रम ओलीले फागुन १४ गते ४ मन्त्री थेका थिए । तर सरकारले अझै पुर्णता पाउन सकेको छैन ।