सिटिजन्स बैंक इन्टरनेसनल लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि. बीच बैंक इस्योरेन्ससम्बन्धी सम्झौता

प्रकाशित मिति : : बुधबार, फाल्गुन २३, २०७४

काठमाडौं, फागुन २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मिति २०७४ फागुन १३, मा बैक इस्योरेन्ससम्बन्धी सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीे बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपालइन्स्योरेन्स कम्पनी लिमिटेडर्को िनर्जीवन बीमा गर्न, सो को प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपर्मा िनर्जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । देशको १४ वटै अञ्चलमा फैलिएको यस बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।