सिरीयामा भईरहेको नरसंहार विरुद्ध एम्नेष्टीद्वारा हस्ताक्षर संकलन

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

पोखरा । सिरियामा भईरहेको दमन तथा नरसंहार विरुद्ध एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह–८२ तथा बाराही यूथ नेटवर्कले संयुक्त रुपमा पोखराको वनविज्ञान अध्ययन संस्थानमा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । सो हस्ताक्षरलाई सिरिया युद्ध संग सम्बन्धित देश तथा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद सम्म पु¥याउने कार्यक्रम छ । यो अभियान नेपालका विभिन्न जिल्लामा संचालन भइरहेको छ ।

विश्व्यापी मानव अधिकारको क्षेत्रमा काम गर्ने यस संस्थाले सिरियाका नागरीकको जिवन रक्षाका लािग जोडदार आवाज उठाएको छ । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल अन्तरगत रहेको यूथ नेटवर्कहरुको भुमिकाको बारेमा विशेष रुपमा चर्चा गरिएको थियो । साथै केही समय भित्र नै वन विज्ञान अध्ययन संस्थानमा युथ नेटवर्क गठन गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । एन्जीला लामिछानेको सभापतित्वमा भएको उक्तकार्यक्रममा एम्नेष्टी इनटरनेशलन नेपाल समूह–८२ को संयोजक टंक प्रसाद भण्डारीले एम्नेष्टीको स्थापना देखी हालसम्म मानब अधिकारको क्षेत्रमा यसले गरेका कामको बारेमा प्रकाश पार्नुभएको थियोे भने ए.आई.–८२ का सचिव रमेश प्रसाद बरालले सिरीयामा भइरहेका द्वन्द्वको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमको संचालन एलिस ढकाल तथा स्वागत मौसम छिनालले गर्नुभएको थियो ।