पोखरा विजनेश कम्पलेक्समा मोवाईल मेला हुने

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

पोखरा । पोखराको पृथ्वीचोकस्थित पोखरा विजनेश कम्पलेक्समा आउँदो चैत्र १ गते देखि दोश्रो संस्करणको मोवाईल तथा ईलेक्ट्रोनिक्स मेला हुने भएको छ ।

मोवाईल तथा ईलेक्ट्रोनिक्स क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रर्दशनी र विक्रिका लागि मेला आयोजना गरिएको बुधबार मेलास्थलमै आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।मेलामा २० भन्दा बढी मोवाईल ब्राण्डको प्रर्दशनी गरिनुका साथै नयाँ प्रवधियुक्त ईलेक्ट्रोनिक्स सामाग्रीहरु प्रर्दशनी गरिने मेलाका संयोजक नवराज बरालले जानकारी दिए ।

मेला अवधिभर कम्पलेक्समा पुग्ने ग्राहकहरुका लागि पुराना मोवाईलसंग नयाँ मोवाईल साटेफेरको सुविधा, नयाँ मोवाईल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको जानकारी दिईएको छ । मेलामा पुग्ने दर्शकहरुमध्ये दैनिक ५ जनालाई लक्की ड्र मार्फत आकर्षक उपहार र मेलाको अन्तिम दिनमा १ जना भाग्यशाली दर्शकका लागि फोर जि स्मार्ट फोन उपलब्ध गराईने मेलाका संयोजक बरालले बताए ।

मेलामा मोटोरोला, सामसुङ, मेईजु, कलर्श, लाभा, ओप्पो, माईक्रोम्याक्स लेनोभो, राईट लगायत ब्राण्डका मोवाईल कम्पनीहरुका स्टलहरु पनि रहने नेपाल मोवाईल डिलर्श एसोसियसनका अध्यक्ष शिवराज पहारीले जानकारी दिए । चैत्र १० गतेसम्म चल्ने मेलामा ४५ लाख भन्दा बढिको कारोबार हुने र २५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई नेपाल मोवाईल वितरक संघ र पोखरा इलेक्ट्रोनिक्स डिलर एसोसियसनको सहयोग रहनेछ भने मेलालाई मोटोरोला मोवाईलले मुख्य प्रायोजन गरेको छ ।