प्रहरीको चेकजाँजमा घुस दिने ३ जना पक्राउ 

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

पोखरा । पोखराको विभिन्न ठाउमा प्रहरीको चेकजाँजका क्रममा घुस दिने ३ जना पक्राउ परेका छन् । मंगलबार रातको १० बजेको समयमा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ९ पृथ्विचोक स्थितमा दैनिक रुपमा गरिने सुरक्षा चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी बा७९प १०५८नं को हर्नेट मोटरसाईकल सबार जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं १७ बिरौटा बस्ने बर्ष २६ को अनिल थापाले चेकिङको क्रममा खटिएका प्रहरी कर्मचारीलाई रु १ हजार घुस दिई मिलाई दिनु प(यो त्यसैले दिएको भनेपछी चेकिंङमा खटिएको प्रहरीले मोटरसाईकल सहित जिज घुस दिने अनिल थापालाई पक्राउ गरेको छ भने बुधबार साढे ४ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ मनपा ३१ नहरचोक स्थित तालचोकरबेगनाश सडक खण्डमा सिआरभी सिसुवाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा कोत्रेबाट ढुंगा लिई बेगनास तर्फ आउँदै गरेको ग १ ख ३०२४ नं को मिनी ट्रकका चालक जिल्ला सोलुखुम्बु वाकु गाउपालिका वडा नं ८ घर भई हाल कास्की पोखरा लेखनाथ मनपा १० अस्पतालचोक बस्ने बेष ५० को भक्त बहादुर मगर र ऐ मिनी ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका वडा नं ५ घर भई हाल कास्की पोखरा लेखनाथ मनपा १४ चाउथे बस्ने बर्ष २३ को मन कुमार जोशीले ट्रकको सवारी ईजाजत पत्र (रुट परमिट) भित्र रु दुई सय रुपैया राखी मिलाई दिनु प(यो भनी प्रहरी लाई घुस दिन खोजेकोले निजहरुलाई ट्रक सहित पक्राउ गरीएको हो ।

सो ट्रकका चालक भक्त बहादुर मगरले सहचालक मन कुमार जोशीलाई ट्रक चलाउन दिएका थिए, सहचालक जोशीको सवारी चालक अनुमती पत्र थिएन चेकिङको क्रममा कागजपत्र हेरौ भनी डिउटीमा खटिएका प्रहरी कर्मचारीले कागज पत्र मागेपछी चालक भक्त बहादुर मगरले रुट परमिट दिएका थिए, कागजपत्र खोली हेर्दा त्यस भित्र दुई सय रुपैया समेत देखेपछी प्रहरीले यो के हो भनी सोध्दा चालक मगरले मिलाई दिनु प(यो त्यसैले दिएको भनेपछी प्रहरीले निजहरु दुवैजनालाई ट्रक सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।