वृद्धभत्ता रोक्ने अर्थमन्त्रीको तयारी, केहि समयमै कार्यन्वयन हुने, वृद्धवृद्धाहरु पिडामा

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

yubraj khatiwoda

काठमाडौं । अर्थमन्त्री भएपछी विवादित अभिव्यक्तिका कारण घरजग्गा र सेयर बजारमा मन्दी ल्याएका अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता वितरण रोक्ने तयारी गरेका छन् । उनले सामाजिक सुरक्षा भत्ताका लागि नगदै बाड्ने विषयमा पुर्नविचार हुने बताएका हृन् ।
सामाजिक सुरक्षाको मामिलामा उदार भयौ, जस अपजस म लिन्छु । तर,अब नगद मात्रै बाँड्ने कुरालाई व्यवस्थित गर्छाेँ । खतिवडाले भनेका छन् । बाम गठवन्धनले आफ्नो घोषणापत्रमा वृद्धभत्ता पाँच बर्षमा पाच हजार पु¥याउने प्रतिवद्धता जनाएका बेला अब उनको यो कदमले कतिको सफलता पाउनेछ त्यो हेर्न बाँकी नै छ । अहिलेको तयारी केही समयमा नै कार्यन्वयन हुने बुझिएको छ । – अर्थसरोकार बाट