अन्ततः झलनाथ खनाललाई एक्ल्याउदै माधव नेपालले गुट परिवर्तन गरे, अन्तिम क्षणमा आएर नेपालले धोका दिएको खनालको आरोप

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

jahlnath-madhav

काठमाडौं, २४ फागुन । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले झलनाथ खनालसँगको सहकार्य हिजोबाट अन्त्य गरेका छन् । राष्ट्रपति निर्वाचनकोलागि उम्मेद्धवार चयन गर्ने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकमा खनालले आफू उम्मेद्धवार बन्ने ईच्छा प्रकट गरेका थिए । तर, नेता नेपालले यसबारेमा कुनै सकारात्मक पहल नगरी मौन बसिदिए ।

माधव नेपाललले आफूलाई नै सहयोग गर्ने विश्वास लिएका नेता खनाल त्यतिखेर छक्क परे, जतिवेला माधव नेपालले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेद्धवार बनाउने निर्णयमा समर्थन गरे ।

उता झलनाथ खनालको ठुलो गुनासो रहेको थियो।