विश्वकप छनोट खेलमा आज पनि करण केसि नखेल्ने !

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ, फागुन २४ – जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । खेल भने केहि समयम बुलावायोको क्विन स्पोर्टस क्लबमा सुरु हुने छ । नेपालका तिब्र गतिका बलर करण केसि आजपनि नखेल्ने भएका छन् । उनको स्थानमा जिम्बाबे बिरुद्ध खेलेका ललित नारायण राजवंशी निरन्तरता दिएको छ । अन्य सबै खेलाडी जिम्बाबे बिरुद्धका सबै रहेका छन् । अर्थात कुनैपनि फेरबदल गरिएको छैन ।