नेपालको खराब सुरुवात,ज्ञानेन्द्र मल्ल र दिलिप नाथ आउट

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ, फागुन २४ – जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टस जितेर पहिला ब्याटिङ गरि रहेको छ । नेपालले खराब सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका छन् । मल्ल बोल्ड आउट भएका हुन् । त्यस्तै दिलिप नाथ तेस्रो ओभरमा आउट भएका छन् । उनी चार रनमा आउट भए ।