दुलही प्रियंका अपहरण

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौं  । नायिका प्रियंका कार्की आजकल एकदम व्यस्त छिन् । प्रियंकाले नेपाली फिल्म क्षेत्रमा फिल्म ‘थ्री लभर्स’ मार्फत प्रवेश गरेका हुन् ।

त्यो भन्दा अघि उनले बिभिन्न म्युजिक भिडियो र टेलिभिजन कार्यक्रमहरु गरिसकेकी थिईन् ।

व्यस्त नायिका प्रियंकाको दिनभरी बिभिन्न फिल्म र टेलिभिजन कार्यक्रमहरुको सुटिङमा नै बित्छ । यस्तै क्रममा नायिका प्रियंका कार्कीले इंस्टग्रामको ‘स्टोरी अफ द डे’मा तीन तस्विरहरु अपलोड गरेकी छिन् । जसमा उनलाई बेहुलीको गेटअपमा देखिएको छ । पहिलो फोटो बेहुलीको गेटअपमा देखिएकी प्रियंका दोश्रो फोटोमा भने अपहरणमा परेकी छिन् ।

यस्तै तेश्रो फोटोमा आफ्नो औँलाको औँठी देखाएर प्रेमी आयुष्मान देशराज जोशीलाई ट्याग गर्दै प्रियंकाले लेखेकी छिन्, ‘आई लभ इट’ । यी तस्विरहरु प्रियंकाले इंस्टाग्राममा राखिरहँदा कुनफिल्मको सुटिङ भन्नेबारे भने खुलाएकी छैनन् । source : news24