नेपालले स्कटल्यान्डलाई दियो १५० रनको लक्ष्य

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ, फागुन २४ – आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा नेपाल ४७.४ ओभरमा अल आउट हुदै १४९ बनाएको छ । मात्र १४ रन बनाउन ४ विकेट गुमाएको नेपालले कप्तान पारसले ७५ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाए पछि नेपालल सम्मान जनक स्कोर खडा गरेको छ । साथै नवौँ विकेटका लागि बसन्त रेग्मि र सन्दिप लामिछानेले २६ रनको साझेदारी गरेपछि नेपालले १४९ रन बनाउन सक्यो । बसन्तले २४ र सन्दिपले ६ रन बनाए । त्यस्तै रोहित कुमार पौडेल १५ र सोमपालकामीले १८ रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटम्यानदे दोहोरो अंकमा रन बनाउन सकेनन् । स्कटल्यान्डको लागि ह्विटिंगले ३ सारिफ र इभानसले समान २ /२ विकेट लिए । नेपालले पहिला टस जितेर ब्याटिंग गरेको हो ।