अन्ततः राजपा र फोरमबाट यी हुदै छन् मन्त्री (सुची सहित)

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

madesh

फागुन २४, काठमाण्डौ । केपी नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम कसरतमा छन् ।

फोरमले अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई फुल मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ ।

फोरमबाट सरसारमा जानका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले इच्छा देखाएका छन् ।

त्यसैगरी राजपाबाट सरकारमा सहभागि हुन राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी लगायतले ईच्छा व्यक्त गरेका छन् । यद्यपी महतो, यादव र भण्डारीको सम्भावना बढि छ ।