ठगी आरोपमा कलाकार रोमा न्यौपाने पक्राउ

प्रकाशित मिति : : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौं । कलाकार रोमा न्यौपाने ठगी आरोपमा पक्राउ परेकी छन् ।

एक खुट्टाले नृत्य गरेर चर्चामा आएकी न्यौपानेलाई प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा पक्राउ गरेको हो ।

रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो ।

चिरञ्जीवी पक्राउ परे पनि रोमा फरार थिइन् ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उउनीमाथि छ ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।