नेता महराद्वारा सभामुखमा उम्मेद्वारी दर्ता

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीलाई एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।

 

 

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए।

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्तापछि पत्रकारलाई प्रतिक्रिया दिँदै ।