राजपा र फोरम सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रालयको संख्या बढाउदै

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

kp-oli

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र फोरम नेपाल सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।

यसअघि ओलील जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए । तर, राजपा र फोरम आउने भएपछि उनी आफ्नै निर्णयमा पूर्नविचार गर्न बाध्य भएका छन् । स्रोतका अनुसार १८ बाट बढाएर २१ पुर्याउने तयारीमा छन् । राजपा र फोरमलाई उनले २ २ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।