सीपी गजुरेलले बुझाए ओलीलाई ९४ बुदे ज्ञापनपत्र

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

gajurel

काठमाडौं, २५ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज ९४ बुदे ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा अधिकांश कुरा जनजीविकासँग जोडिएका छन् । संयोजक गजुरेलले आफूहरुले अघि सारेका मागहरु तत्काल पुरा गर्न अहिलेको कर्मचारीतन्त्र अवरोध रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।