गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

काठमाडौँ । संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । 

मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ ।

विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।