सभामुख पदमा महरा निर्विरोध भएलगत्तै देबेन्द्र पौडेलले गरे यस्तो ट्वीट

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ ।

सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।

महरा निर्विरोध भएपछि  देबेन्द्र पौडेलले महरालाई ट्वीट मार्फत बधाई दिएका छन्  । उनले भनेका छन् सभामुखमा निर्विरोध निर्वाचित हुनुभएकोमा कृष्णबहादुर महरालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।