अनसनरत रेशम चौधरी अस्पताल भर्ना

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

Resham Lal Chaudhary, Tikapur

२५ फागुन, कैलाली । बिगत छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।

जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए ।