पहिलो १० ओभरमा नेपालको राम्रोे सुरुवात, पारसको आक्रमक ब्याटिङ

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, फागुन २६ – आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरि रहेको छ । पहिलो पावर पेले अर्थात १० ओभरमा एक विकेटको क्षतिमा ३६ रन बनाएको छ । नेपालका कप्तान पारस खड्का १८ बलमा एक छक्का र ३ चौका प्रहार गर्दै २२ रन बनाएका छन् । त्यस्तै उपकप्तान मल्लले ७ रन बनाई पारसललाई साथ दिइ रहेका छन् । पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका छन् । उनी चौथो ओभरको अन्तिम बलमा मुजिव हर रहमनको एलपी डब्लु सिकार बनेका छन् ।