कप्तान पारस खड्काले पूरा गरे अर्धशतक

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तान विरुद्धको महत्वपूर्ण खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। पारसले २२ ओभरको पहिलो बलमा रसिद खानलाई चौका प्रहार गरेर चौका प्रहार गरेर अर्धशतक पूरा गरेका हुन्। उनले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गरेर खेलिरहेका छन्।

उनलाई अहिले ज्ञानेन्द्र मल्लले साथ दिइरहेका छन्। नेपालले २२ ओभरमा १ विकेटको क्षतिमा ८७ रन बनाएको छ।