नेपाललाई दोस्रो झड्का, ज्ञानेन्द्र मल्ल आउट

प्रकाशित मिति : : शनिबार, फाल्गुन २६, २०७४

काठमाडौं, फागुन २६ – आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी २६ ओभरमा २३ रन बनाएको अवस्थामा रसिद खानको सिकार बनेका हुन् । नेपाल यो समचार तयार पार्न सम्म २६ ओभरमा १०७ रन बनाएको छ । कप्तान पारस ७३ तथा ऐरी १ रन बनाई क्रिजमा रहेका छन् ।