राष्ट्रियसभा अध्यक्षका लागि एमाले भित्रै लबिङ, ओलीलाई समस्याको थुप्रो

प्रकाशित मिति : : आइतवार, फाल्गुन २७, २०७४

kp-oli-

काठमाडौं । सभामुख पदमा माओवादीले आफ्नो दावेदारी जनाएपछि  राष्ट्रियसभा अध्यक्ष बन्न एमालेभित्र दाबेदारहरुले आफ्नो पक्षमा लबिङ बढाएका छन् ।

राष्ट्रियसभा अध्यक्षका लागि पर्शुराम मेघी गुरुङ, गणेश तिमिल्सिना र खिमलाल भट्टराईले लबिङ थालेका हुन् । फागुन २८ गते राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी मनोनयन हुँदैछ ।

गुरुङलाई उम्मेदवार बनाउन बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । राष्ट्रियसभामा पुगेका एमालेका सांसदहरुमध्ये गुरुङ सबैभन्दा सिनियर नेता हुन् । उनी पार्टीको सचिवमा पराजित भएका पोलिटव्यूरो सदस्य हुन् ।

गणेश तिमल्सिना बैकल्पिक पोलिटव्यूरो सदस्य हुन् भने अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई केन्द्रीय सदस्य हुन् ।