सभामुख महराद्वारा शपथ ग्रहण

प्रकाशित मिति : : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौँ,फागुन २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा पद तथा गोपनीयताको शपथ लिनुहुँदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पद तथा गोपनीयताको शपथ दिलाएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशका साथमा महरा परिवार ।  तस्वीर – रोशन सापकोटा