डिभिजन टु मा घटुवा हुनबाट बच्न नेपालले भोलीको खेल जित्नै पर्ने !

प्रकाशित मिति : : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौँ, फागुन २७ – जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपाल सुपर सिक्सबाट लग भग बाहिरी सकेको छ । सुरुवाती ३ खेल हारेपछि नेपालको अंक गणितीय झिनो आसा मात्र बाकी रहेको छ । भोली हुने हङकङसँगको खेल नेपालले हारे डिभिजन टु मा घटुवा हुन सक्ने छ । त्यसैले भोलीको खेल नेपालले जित्नै पर्ने हुन्छ । १० टोली मध्य ६ टोली सुपर सिक्स प्रवेश गर्ने छन् । अन्य २ टोली डिभिजन एकमै यथाबत रहदा दुई टोली पुन डिभिजन टु मा घटुवा हुने छन् । नेपाल अव डिभिजन १ मा एथावत रहन तिनै खेल जित्नु पर्ने हुन्छ । नेपालले भोली हङकङलाई पराजित गरेर मात्र पुग्दैन । ठुलो अन्तरले पराजित गर्नु पर्ने सके सुपर सिक्स प्रवेश गर्ने छ । नेपालले हारे नेपालको एक दिवयि मान्यता सकिने छ ।

 

तिन एसोसियट राष्टलेमात्र एक दिवसिय मान्यता पाउने छन् । स्कटल्यान्डले पाई सकेको छ । अव हङकङ,नेपाल,युएई र पपुवा न्युगिनी मध्ये १ टिमले एकदिवसीय मान्यता पाउने छन् । सुपर सिक्स प्रवेश गर्न नसके नेपाल डिभिजन टु झर्नबाट जोगिन सातौँ र आठौँ स्थानमा रहनु पर्ने हुन्छ । जस्को लागि समुह ए का दुई पुछारका टोली मध्य एक टिमसँग खेल्नु पर्छ । नेपालले पहिलो खेल जिते डिभिजन टु मा झर्न बाट जोगिने छ । अन्यथा नेपाल पुन डिभिजन टु मा घटुवाको सिकार हुने छ । भोली हुने नेपाल र हङकङको खेल र नेदरल्यान्ड्स र वेस्टि इन्डिजसको खेलको नतिजा पछि मात्र थाहा हुने छ कुन कुन टोली सुपर सिक्स प्रवेश गर्ने भन्ने ।