राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट नहुने भन्दै आपूर्तिमन्त्री यादवले दिए कर्मचारीलाई कडा चेतावनी

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

Matrika-Yadav

फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् ।

“जनता र देशको नजरमा गिरिसकेको मान्छेले अर्कै किसिमले प्रस्तुत गर्नुपर्छ ।” यादवले भने ।

कमिसनतन्त्र, भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा आफु लाग्ने उनको भनाई छ ।
“राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन । पहिलाको जस्तो समय अहिलेको होइन ।” यादवले भने ।