राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध निर्वाचित

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा एमालेका उम्मेदवार गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रियसभा अध्यक्षमा अरु कसैले उम्मेदवारी नदिएपछि तिमिल्सिनानिर्विरोध भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन तोकिएको मिति मा हुने छ । बुधबार बस्ने राष्ट्रियसभा बैठकले उनलाई निर्वाचित घोषणा गर्नेछ ।

उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् ।