प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका राई

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन्।तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस