दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु, काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएका मध्ये ७ जनाको निधन

प्रकाशित मिति : : सोमवार, फाल्गुन २८, २०७४

Airport

फागुन २८, काठमाण्डौ । त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत थिए । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए।

विमान नियमित रुटभन्दा बाहिरबाट आएर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्यारइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको छ।
त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरुको अवस्था नाजुक देखिन्छ।

दुर्घटनास्थलबाट काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्‍याइएको छ। घाइतेलाई अस्पताल पुर्‍याउने क्रम पनि जारी छ। काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएका मध्ये ७ जनाको निधन भएको छ ।

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।