प्रधानन्यायाधीशलाई ठुलो झट्का, एकै पटक ८ जना न्यायाधीशले गरे यस्तो काम

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

Gopal_Parajuli

काठमाडौँ २९ फागुन । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई विदामा बस्न दिएको सुझावलाई वेवस्ता गर्दै प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीले नियमित काम सम्हालेछि ८ जना न्यायाधीश इजलाशमा गएका छैनन् । सर्वोच्चमा आज १३ वटा इजलाश गठन भएका थिए। ति मध्ये ४ इजलाश नबसेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले आज मंगलवारको दैनिक इजलाश गठन गरेका थिए । तर उनले, न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भने इजलाश तोकेका थिएनन् । दैनिक पेशी तोक्ने काम प्रधानन्यायाधीशले गर्ने परम्परा छ ।

दिपकराज जोशी र प्रकाश सिंह राउत, आनन्दमोहन भट्टराई र इश्वर प्रसाद खतिवडा, सपना मल्ल प्रधान र हरिकृष्ण भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भर प्रसाद श्रेष्ठ इजलाशमा प्रवेश नगरेका हुन् ।

सोमवार प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि नै निवृत्त भइसकेको र उनको न्यायिक सम्पादन विवादास्पद बन्दै गएको भन्दै उनको बेञ्च बहिष्कार गर्ने लिखित आदेश जारी गरेका थिए । जबराको यो आदेशपछि सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरुले सोमवारै प्रधानन्यायाधीशलाई विदामा बस्न सुझाव दिएका थिए । – काठमाण्डु टुडे बाट