कल्पना हराएको छ आज

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

 

गजल 

 

आशाले बुनेको सपना हराएको छ आज 
सँगै छैन चैन बिपना हराएको छ आज ।

सामु तिमी नपर्दा आज भोलि मेरो मन
बिरक्तिएर त्यो कल्पना हराएको छ आज ।

उपर फ्याउरी मन तिम्रो लहैलहैमा लाग्दा
दुखी “प्रशान्त” को खर्पना हराएको छ आज ।

आशाले बुनेको सपना हराएको छ आज
सँगै छैन चैन बिपना हराएको छ आज ।

पीर ब्यथा हटाउने यो शरावले नै हो कि
चुस्स चुस्ने बानी मेरो खरावले नै हो कि ।

ठोकाउँदै काचको गिलाँस ४)५ पेग अझै
भएर लुकाउने मुहार नकावले नै हो कि ।

आजित भए सबका सब देखेर हुलिया मेरो
सुधार्ने यो मनलाई मनोभावले नै हो कि ।

किन सुध्रिएछ आज “प्रशान्त” एक्कासी
माया तिम्रो लज्जालु त्यो प्रश्तावले नै हो कि ।

पीर ब्यथा हटाउने यो शरावले नै हो कि
चुस्स चुस्ने बानी मेरो खरावले नै हो कि ।