विमान दुर्घटनाबारे पुर्बराजा शाहले पनि मुख खोले, यस्तो छ उनको मार्मिक सन्देश

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

सोमबार बंगलादेशबाट काठमाडौं आएको युएस बंगला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् ।