राष्ट्रपति भण्डारीले अझै पनि राजतन्त्रकै झल्को दिने काम गरेको भन्दै गगन संसद भवनमा गर्जिए गगन

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

gagan thapa

फागुन २९, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिहरुले अझै पनि राजतन्त्रकै झल्को दिने काम गरेको बताएका छन् ।

मंगलबार राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रपति विद्या भण्डारीले नयाँ राष्ट्रपतिको रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दावी गर्दै अबको दिनमा त्यस्तो नहोस् भन्ने कामना पनि गरे ।

नेपालको पूर्व राष्ट्रपतिलाई जनताले कुनै अस्पतालमा उपचार गराइरहेको देख्यो भने बल्ल नागरिकलाई गणतन्त्र आएको महसुस हुने उदाहरण दिँदै गगनले राष्ट्रपति भईसकेका व्यक्तिले पूरानै तामझामको लोभ, सार्वजानिक रमाउने कुरालाई निरन्तरता दिन नहुने धारणा राखेका छन् ।