राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

प्रकाशित मिति : : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११७३० मतभार पाएकी छन् ।