कम उमेर देखाउन अपनाउनुस् यस्तो घरायसी उपाय

प्रकाशित मिति : : सोमवार, चैत्र १२, २०७४

beautiful face

चैत्र ११, काठमाडौँ । सुन्दर र कम उमेरको देखिन कसलाई मन लाग्दैन र ? आँखामुनि डार्क सर्कल, छालामा र्‍यासेज, डिहाइड्रेसन तथा तौल बढी भएको कसैलाई पनि मन पर्दैन । त्यसैले जवान र स्वस्थ रहन ७ देखि ९ घन्टा सुत्नुपर्छ । त्यसपछि अनुहारबाट मसिना रेखा हट्छन् । छाला कोमल हुन्छ र त्यसको चमक बढ्छ । रातिको एउटा समय तय गर्नुपर्छ र दिनहुँ त्यही समयमा सुत्ने प्रयास गर्नुपर्छ । यसबाट बडी क्लक एउटा विशेष समयमा बाँधिन पुग्छ र सुत्ने समय नियमित हुन्छ ।

 आफ्नो छालाको प्रवृति हेरेर हप्तामा दुई पटक सम्म स्क्रब गर्नुस जसले छालामा जमेको मृतछालाको लेयर उत्रन्छ भने केही सातामै अनुहारमा चमक देखा पर्छ ।

 जौको आटा, दूध र मह मिसाएर अनुहारमा लगाई १० मिनेटपछि हातले मल्दै स्क्रब गर्नुपर्छ । यसबाट मृतकोषिका निस्कन्छ र अनुहारमा निखार आउँछ ।

वाटर सरप्राइज : सुख्खा छालामा बढ्दो उमेरको प्रभाव चाँडै देखिन्छ । त्यसैले पानीले शरीर र छालामा कसरी सन्तुलन राख्नुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

विज्ञहरूका अनुसार छालाको सुख्खापन हटाउनु आवश्यक हुन्छ । साबुन भरसक कम प्रयोग गर्नुपर्छ । सेनिटाइजरबाट हात तथा फेसियल वाइप्सबाट अनुहार पुछ्नु बढी सुरक्षित हुन्छ ।