यो बर्षको ‘मिस नेपाल’को उपाधि श्रृङ्खला खतिवडालाई

प्रकाशित मिति : : बिहिबार, चैत्र २९, २०७४

Miss Nepal 2018

काठमाडौँ  । यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।  उनी कम्युनिष्ट नेता एवं सांसदद्वय विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् ।