आज नेप्से परिसूचक ४ दशमलव २२ अंकले बढ्यो

प्रकाशित मिति : : बिहिबार, चैत्र २९, २०७४

share increase

काठमाडौं, चैत २९ । अन्य दिनको तुलनामा बिहीबार शेयर कारोबारमा वृद्धि देखिएको छ । आज बजार बन्द हुँदासम्म १६४ कम्पनीको कारोबार हुँदा ४३ करोड ५१ लाख ४० हजार ४ सय १९ कम्पनीको शेयर कारोबार भएको हो । बुधबार १५८ कम्पनीको २८ करोड ८४ लाख बराबरको कारोबार भएको थियो ।

वर्ष २०७४ को अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ४ दशमलव २२ अंकले बढेर १ हजार २ सय ७७ दशमलव ५५ अंकको बिन्दुमा आइपुगेको छ
आज ३ कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । उक्त कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स रहेका छन् ।