कम उमेरको देखिन अपनाउनुहोस् यस्ता उपाय

प्रकाशित मिति : : बिहिबार, चैत्र २९, २०७४

face

काठमाडौँ । सुन्दर र कम उमेर देखिन कसलाई मन हुदैन र ? सुन्दर र कम उमेरको देखिन आफैले घरमा बसेर केहि महत्वपूर्ण उपाय अपनाउन सक्छौ।

    कफीको प्रभाव छालामा ६ घन्टासम्म रहन्छ । त्यसैले दिउँसो तीन बजेपछि कफी पिउनु हुँदैन । यसबाट राति ढिलो गरी निद्रा आउँछ वा कम निद्रा लाग्छ र भोली पल्ट तपाईको अनुहार फ्रेश देखिदैन ।

    कोठाको उज्यालोको एडजस्टमेन्ट सही हुनुपर्छ । नाइट बल्वको उज्यालोबाट पनि आँखालाई डिस्टर्ब हुन्छ । त्यसैले कोठा अँध्यारो पारेर सुत्नुपर्छ ।

    आफ्नो बेडमा इलेक्ट्रोनिक आइटम राख्नुहुँदैन । राति सुत्नुभन्दा पहिले त्यसको प्रयोग गर्नुहुँदैन । यसबाट निद्रा लाग्न समय लाग्छ ।