मधेशी भाषा बोल्ने,मधेशको लुगा लगाउने र मधेशकै शोषण गर्ने पार्टी हो कांग्रेस – हृदयेश त्रिपाठी

प्रकाशित मिति : : शुक्रबार, चैत्र ३०, २०७४

काठमाडौँ  । नेपाली कांग्रेसले आफूलाई मधेशको नजिक भन्ने मात्र हो,गर्ने होइन।उसले मधेशलाई भोट बैंक ठानेर बसिरहेको छ यसअघी उसले सित्तैमा भोट पाइरहेको थियो । सगरमाथा टेलिभिजनको कार्यक्रम सगरमाथा विशेषमा कुराकानी गर्दै स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले उक्त कुरा बताएका हुन् ।

कांग्रेसले मधेशमा मनोवैज्ञानिक शोषण गरिरहेको आरोप लगाउदै त्रिपाठीले भने-‘हिन्दी,भोजपुरी,मैथली भाषा बोल्ने,त्यहि पोशाक पनि लगाउने तर मधेशको हितमा कांग्रेस इमान्दार रहेन।’

मधेशको सन्दर्भमा बामपन्थीहरु परिक्षणमा रहेका छन् । बामपन्थीले मधेशको समस्या समाधान कसरी गर्दै अगाडि बढ्छ,त्यो हेर्न बाँकी रहेको र एउटै माघले जाडे जाँदैन,मधेशको समस्या समाधानमा तत्परता नदेखाउदा कांग्रेसको यो हालत भएको भन्दै त्रिपाठीले मधेशको समस्या समाधानतिर लाग्न बाम गठबन्धनलाई आग्रह गरे ।

संक्रमणकाल सक्कियो भन्ने नै गलत हो। संक्रमणकालको एउटा चरण मात्रै सक्किएको र अर्को चरणमा नेपाली राजनीति प्रवेश गरेको छ । संसारमा नेपाल पहिलो देश हो जहाँ राष्ट्रिय सभा पहिला र प्रतिनिधी सभा दोस्रोमा गठन भयो। संविधानमा त्रुटि रहेको त्रिपाठीको भनाई छ ।

समय परिस्थिती अनुसार जो संविधान संशोधनको लागी तयार हुँदैन त्यसको हालत २०४७ सालको संविधानको जस्तो हुने चेतावनी त्रिपाठिले दिए।

हेर्नुहोस् त्रिपाठी सँगको कुराकानी