राजेश हमाल र डोनाल्ड ट्रम्प सँग माफी माग्दै ‘जय भोले’को टिजर सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति : : शुक्रबार, चैत्र ३०, २०७४

जय भोले

चलचित्र ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । आउँदो बर्षको दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’ चलचित्रको टिजरको सुरुवातमै  महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराइ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति, बलिउड नायक सैफअली खान र नायिका करिना कपुर,सँग माफी मागिएको छ ।

आखिर, यी ३ विवाहित चर्चित मानिसहरुसँग किन माफी मागियो होला भन्ने कुराले दर्शकमा कौतुहलता पैदा गर्छ ।

अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’को टिजरमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराज पौडेल छन् ।