मुक्तिनाथ विकास बैंक लि. को नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

प्रकाशित मिति : : आइतवार, बैशाख २, २०७५

मुक्तिनाथ विकास बैंक लि. को नायव प्रमुख कार्यकारी अधिकृतमा श्री तारा मानन्धर नियुक्त भएका छन् । मानन्धरले आँज आँइतबार नै पदबहाली गरेका हुन ।
त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए गरेका मानन्धर यस विकास बैंकमा पदवहाली गर्नु अघि प्रभु बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उँनकोे विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।