आईजीपी खनालले दिए प्रहरी अधिकारीलाई निर्देशन

प्रकाशित मिति : : आइतवार, बैशाख २, २०७५

sarbendra-khanal

काठमाडौं, २ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकलाई दिने सेवालाई विभेद नगर्न आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

आइतबार प्रहरी क्लब भृकुटीमण्डपमा उपत्यकाभरिका कार्यरत प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दै आइजिपी खनालले समस्या ल्याएर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई समान व्यवहार गर्न निर्देशन दिएका हुन् । खनालले उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीलाई ब्रिफिङ दिएका हुन्।