प्रचण्डले ओलीसँगको वार्ता बहिस्कार गरे, बालुवाटार जान छोडेर सुकुटेतिर लाँगे

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

oli_vs_prachand

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता बहिस्कार गरेका छन् । अाइतबार साँझ बालुवाटार हुने भनिएको वार्तामा जान छोडेर प्रचण्ड सुकुटे पुगेका छन् ।

राजधानी बाहिरका कार्यक्रम सकेर प्रधानमन्त्री ओली अाझै काठमाडौं फर्केका थिए । बालुवाटार अाउन नसकिने सन्देश पठाएर प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पार्टीका नेता सांसद अग्‍नि सापकोटासहित अाइतबार साँझ सुकेट पुगेका हुन् । केही दिन सुकुटेमै बस्ने बताइएको छ ।

यही बैशाख ९ गते पार्टी एकता हुने भनिएपनि एकताको लागि अवरोध भएका विषयबारे कुनै छलफल भएको छैन । प्रस्तावना खासगरी जनयुद्ध शब्द लेख्ने, संगठनमा बाराबरी, चुनाव चिन्हलगायतका विषयमा कुरा मिलेको छैन ।

यसअघि एकता संयोजन समितिको बैठकमा पनि बिरामी भएको भन्दै प्रचण्ड अनुपस्थित भएका कारण बैठक बस्न सकेको थिएन ।