भीम रावलले लाइभमै ओली र मोदीलाई यस्तो सम्म गाली गरेपछि… (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई लिएर थुप्रै प्रतिप्रश्न र आशंकाको कोणबाट हेरेका छन् ।हिमालयन टिभीको ”धमलाको हमला” टक शो मा भारतको प्रधानमन्त्रीले सगरमाथाको देश सागरसंग जोडियो भन्नुको अर्थ के को भन्दै कतै भारतको उतरी सिमाना नै नेपालको सगरमाथा भन्नु खोजेको त होइन ? किनकी इतिहासको कुनै काल खण्डमा तत्कालिन भारतीय प्रधानमन्त्री नेहरुले उक्त कुरा बोलेको जीवित इतिहाँस रहेको तर्फ इंगित गर्दै नेता रावलले आशंका ब्यक्त गरेका छन् ।

रावलले ऋषि धमलासंगको  चर्काचर्कीमा ब्यक्त गरेको विचारयस्तो छ :-

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे उल्लेख गर्दै नेता रावलले भने,‘उहाँले जुन भ्रमण गर्नुभयो, संयुक्त वक्तव्य जारी भएको छ, वक्तव्यमा रेलमार्ग र जलमार्गको कुरा गर्नुभएको छ, कृषिमा कुरा गर्नुभएको छ, यस सम्बन्धमा मैले विस्तृत अध्ययन र कुरा सुन्न बाँकी नै छ, गृहजिल्लाबाट म हिजोमात्रै काठमाडौं आएको छु।’ प्रधानमन्त्रीको भारत भ्रमणबारे आफू र प्रधानमन्त्रीबीच कुराकानी हुन नपाएको उनले स्पष्ट पारे ।

पूर्वका ९ वटा जिल्लालाई डुबाएर आफूहरुले कोशी ड्याम बनाउँदा नेपालको वार्षिक अरबौं रुपैयाँ क्षति भएको उनले स्पष्ट पारे ।

त्यस्तै उनले डुबानले तराईका जनता पीडित भएकोले यस सम्बन्धमा पनि भारतसँग कुरा भएको कि भएन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । उनले थपे,‘त्यो विषय संयुक्त वक्तव्य (जोईन्ट स्टेटमेन्ट)मा मैले देखिन्, त्यो कुरा हुनुपर्दथ्यो, भारतले दशगजामा मिचेर आफ्नो संरचना बनाएर हाम्रो क्षेत्रलाई डुबाउन उसले पाउँदैन, हामीले पनि यहाँ कुनै संरचना बनाएर भारतलाई डुबाउन पाउँदैनौं, त्यो अन्तर्राष्ट्रिय रुपमै अधिकार छैन।’