प्रचण्डको सनसनीपूर्ण खुलासा; जबर्जस्ति एकता हुदैन बरु अर्को विकल्प खोज्न तयार छु

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

prachanda

काठमाडौँ, बैशाख ३  । यति बेला नेपालको राजनितिमा एक किसिमको तरङ नै पैदा भएको छ । यसको कारण अरु केहि नभएर सरकारधारी पार्टि बीचको एकता र एकता प्रणली हो । यता प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बारमबार पार्टि एकता छिटै हुने अभिव्यिक्त दिई रहेका छन् भने उता जनताहरु पार्टि एकताको पर्खाइमा बसिरहेका छन् ।

एक अन्तर्वार्ता कार्यक्रममा प्रचण्डले आफ्नो भिन्नै अभिव्यक्ति समेत राखेका छन् जसले गर्दा यतिवेला नेपाली राजनीतिमा एक किसिमको तरंग नै पैदा भएको छ । प्रचण्डले भनेका छन् ” जबर्जस्ति त एकता हुँदैन नि । हाँसिखुसी हुने हो एकता । मलाई विश्वास छ, माओवादी केन्द्र र नेकपा एमालेका साथीहरू पनि सबै हाँसीखुसीमा नै दुईवटैको सम्मान हुने गरी इतिहासको सच्चाईलाई पनि स्थापित गर्ने गरी नै एकता हुन्छ भन्ने मेरो विश्वास छ ।”

फेरी उनी थप्छन्, “माओवादी आन्दोलनको त्याग, तपस्या, बलिदान, एजेन्डा, सबैका कारणले नै मुख्य रूपमा यो परिवर्तन भएको हो भन्ने कुरा स्वीकार्ने बित्तिकै समस्या आउँछ जस्तो लाग्दैन । तर यसलाई स्वीकार्न कसैलाई गाह्रो लाग्छ भने समस्या आउन सक्छ। पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई । आ–आफ्नो ठाउँमा, आ–आफ्नो भूमिकामा रहन सक्नुप¥यो । यदि ऐतिहासिक सच्चाईलाई स्वीकार्न गा¥हो लाग्छ भने किन जबर्जस्ती गर्नु पर्यो ?”