ह्यान्डसम बादलसंग पम्फाले दिल्लीमा यौन प्रस्ताव राखेपछी नाई भन्न सकेनन…

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

जनयुद्धको सुरुवात भएपछि रामबहादुर थापा ‘बादल’ र पम्फा भुसालबीच तथा हरिबोल गजुरेल र एक कार्यकर्ताबीच भएको यौनकाण्ड जनयुद्धमा देखापरेको पहिलो गम्भीर समस्या थियो । एकैपटक तीनजना केन्द्रीय नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्नुपर्ने स्थिति आउनु जनयुद्धका लागि ठूलो चुनौती थियो ।

अझ त्यसमाथि देशभित्रका तीन केन्द्रीय कमाण्डमध्ये बादल पश्चिम कमाण्डका इन्चार्ज थिए भने शीतलकुमार (हरिबोल गजुरेल) पूर्वी कमाण्डका सहइन्चार्ज थिए र पम्फा भुसाल एक मात्र महिला केन्द्रीय सदस्य थिइन् । दुई क्षेत्रका प्रमुख नेताहरूमा आएको यस विचलन र पार्टी सदस्यबाटै निष्कासन गर्नुपर्ने बाध्यताले गर्दा जनयुद्धको विकासमा गम्भीर समस्या पैदा भयो ।

बादल र पम्फा भुसालबीच सुरुमा राजनीतिक गठबन्धन र पछि यौन गठबन्धन भयो ।

जनयुद्ध सुरु हुनुभन्दा अगाडि ०५२ मा बाबुराम भट्टराई अध्यक्ष रहेको जनमोर्चामा बाबुरामको मातहतको पदमा जान प्रचण्डले प्रस्ताव गरेर बादललाई चिड्याएका थिए । बादललाई प्रचण्ड र बाबुरामबीचको गठबन्धन मन परेको थिएन । बादल आफूलाई वामपन्थी, प्रचण्डलाई मध्यपन्थी र बाबुरामलाई दक्षिणपन्थी ठान्थे । जनयुद्ध सुरुवातभन्दा अगाडिको ग्रामीण वर्ग सङ्घर्षकालमा तुलनात्मक रूपमा बादल अरूभन्दा वामपन्थी थिए ।

तर, जनयुद्ध सुरुवातपछि भने स्थितिमा परिवर्तन आउँदै थियो । जनयुद्धको सुरुवातका दिन बादल आफ्नो जिम्माको पश्चिम कमाण्डको मुख्य इलाका रोल्पा–रुकुममा बसेनन् । तयारीका लागि केही समय त्यहाँ बसे पनि पछि बादल गएनन् ।

०५२ चैत्रमा भएको पोलिटब्युरो बैठकमा बादलले नै नेताहरू सुरक्षाका लागि भारतमा बस्न जानुपर्ने प्रस्ताव राखेका थिए र अरूले समर्थन गरेपछि पारित भएको थियो । त्यस बैठकपछि मोहन वैद्यबाहेक सबै प्रमुख नेताहरू भारतमा लुक्न गए । मोहन वैद्य केही समय काठमाडांै बसे र उनी पनि पछि भारत गए । यसै बैठकमा पम्फा भुसाललाई बादलकै मातहतमा रहने गरी पश्चिम कमाण्डको कामको जिम्मा दिने प्रस्ताव प्रचण्डले पारित गराए ।

बादलले लखनउमा डेरा जमाए तथा पम्फालाई पनि सोही डेरामा बस्ने व्यवस्था मिलाए ।

बादल एउटा कोठामा बस्थे र सँगैको अर्काे कोठामा पम्फाको बेडरुम बन्यो र एउटा भान्छा कोठा । बादलकी श्रीमती नैनकला थापा, जो पछि महिला आयोगकी अध्यक्ष पनि बनिन्, त्यसबेला चितवन घरमै बस्थिन्, उनी शिक्षण पेसामा थिइन् । त्यसैले कहिलेकाहीँ मात्र लखनउको डेरामा जान्थिन् । पम्फाले भने बादलसँगैको कोठामा आफ्नो बेडरुम बनाइसकेकी थिइन् । त्यो डेरामा कार्यकर्ता कसैलाई पनि लगिँदैनथ्यो ।

बादल र पम्फा सँगै एउटै घरमा डेरा लिएर बसेको कुरा प्रचण्ड, बाबुराम, वैद्य, बोगटी आदि केही सीमित नेताहरूलाई मात्र थाहा थियो । उही उमेरका पुरुष र महिला मात्र त्यसरी बस्दा के हुनसक्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन भन्न सकिएला त ?

योे प्रश्नको उत्तर ती नेताहरूले अहिलेसम्म पनि दिएका छैनन् । जे होस्, बादल र पम्फा जनयुद्धको गम्भीर मोडमा एक–अर्काको दुःख र सुखका साथी बने । बादलले अरूलाई भन्ने गर्थे कि महिला र पुरुषबीच यौन आकर्षण र कमजोरी हुन सक्ने वातावरण नै बन्न दिनुहुन्न, त्यस्तो वातावरण बन्न लागे आफू जोगिन त्यहाँबाट भाग्नुपर्दछ ।

तर, बादलले नै पम्फासँग त्यस्तो वातावरण बनाएकाले उनी आफैँ प्रमुख दोषी थिए । बादल र पम्फाबीच राजनीतिक विषयका साथै प्रचण्डले दुवैमाथि अन्याय गरेको र बाबुरामलाई च्याप्न थालेकाले नयाँ गठबन्धन बनाएर पार्टी हाँक्नुपर्ने कुरा हुन थाले । यस्तै बेला पम्फाले आफ्नो यौन प्रस्ताव बादलसमक्ष राखिन् । बादल बिचरा के गरून् ?

त्यसपछि उनीहरू यौन सम्बन्ध लुकाएर राजनीतिक गठबन्धन बलियो बनाउने योजना बनाउन थाले ।

प्रचण्ड र उनकी श्रीमतीलाई भने बादल र पम्फा सँगै एउटै घरमा डेरा लिएर बसेकोमा शङ्का लाग्न थाल्यो । प्रचण्ड दिल्लीवरपर बस्थे । प्रचण्ड बादलको लखनउस्थित डेरामा आउने–जाने गर्दथे । प्रचण्ड लखनउ आउँदा बादलको डेरामा त जान्थे तर सुत्न भने होटलमा कोठा लिएर सुत्थे ।

दुइटा कोठा र एउटा भान्छा, बादल र पम्फा अलग–अलग सुत्छन् कि सँगै सुत्छन् भन्नेमा एक दिन प्रचण्डकी श्रीमतीलाई शङ्का लागेछ । उनले एक दिन बादल पम्फाको डेरामा बादलको बेडको सिरकभित्र एक किताब र पम्फाको सिरकभित्र एक किताब लुकाएर राखी होटल फर्किछिन् ।

भोलिपल्ट बिहान जाँदा बादलको सिरकभित्रको किताब फेला परेनछ भने पम्फाको सिरकभित्रको किताब जस्ताको तस्तै रहेछ । पम्फा आफ्नो बेडमा नसुती बादलको बेडमा बादलसँगै सुत्ने रहिछन् भन्ने प्रमाण प्रचण्डलाई प्राप्त भयो । प्रचण्डको केरकारमा बादलले पम्फासँगको यौन सम्बन्ध स्वीकार गरे । बादलले भने यो गल्ती लुकाइदिन प्रचण्डसँग रोइकराइ अनुरोध गरे ।

बादलको तर्क थियो– मोहन वैद्यको पनि यस्तै प्रकृतिको तर अलि फरक र सानो खालको गल्ती प्रचण्ड र बादल मिलेर लुकाइदिएका थिए । तर, बादलको बिन्तीपूर्ण आग्रह प्रचण्डले मानेनन् । वैद्यको गल्ती सानो र अस्पष्ट खालको थियो भने बादलको ठूलो र प्रमाणसहितको थियो । पम्फाले सुरुमा अस्वीकार गरिन् तर बादलले स्वीकार गरेको थाहा पाएपछि बाध्य भएर उनले पनि स्वीकार गरिन् । दुवैले स्वीकार गरिसकेपछि पार्टी हेडक्वाटरले नै निलम्बन ग-यो र पछि पोलिटब्युरोको बैठकले पार्टी सदस्यताबाटै निष्कासन ग-यो ।

बादलको श्रीमतीसँग ठूलो झगडा वा विवाद थिएन । पम्फासँगको प्रेम सम्बन्ध र यौन सम्बन्धलाई विवाहमै बदल्ने सोच पनि थिएन । त्यो प्रचण्ड–बाबुराम गठबन्धनविरुद्ध अर्को अनैतिक गठबन्धन मात्र देखिन्थ्यो । पम्फाको पनि बादलसँग गहिरो प्रेम सम्बन्ध थिएन । केवल अनैतिक गठबन्धन र यौन प्यास मेटाएर तनाव हटाउने माध्यम मात्र थियो । उनीहरूबीच गहिरो प्रेम सम्बन्ध भएको भए जस्तोसुकै बाधा–अप्ठ्यारो भए पनि प्रेमलाई विवाहमा बदल्थे वा प्रेम सम्बन्ध टुटाउँदैनथे । पार्टीले यसबारे प्रश्न गरेपछि उनीहरू आफ्नो यौन सम्बन्ध विच्छेद गर्न तयार भए । पम्फा अविवाहित थिइन् । उनी पुनः अविवाहित नै रहने भइन् ।

सम्बन्धविच्छेदपछि यी दुईबीच आरोप–प्रत्यारोप सुरु भयो । पम्फाले आफूलाई बादलले धोखा दिएको ठानिन् । यौन सम्बन्ध पछि पनि पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद नगरी उल्टै आफँैसँग सम्बन्धविच्छेद गरेकाले पम्फाले बादललाई धोकेवाज र उपभोगवादीको आरोप लगाइन् । बादलको रुसमा अध्ययनको बेला नै अर्कै केटीसँग पनि सम्बन्ध थियो भन्ने आरोप पनि लगाइन् । बादलले पनि पम्फालाई भयानक षड्यन्त्रकारी र खेलाडीको आरोप लगाए । धेरैको भनाइ थियो कि दुवैका आरोप सही हुन् ।

यस काण्डले पार्टी र जनयुद्धमा भने धेरै ठूलो नकारात्मक प्रभाव प-यो । बादलप्रति प्रचण्डभन्दा बढी विश्वास गर्ने मुख्यतः पश्चिमका कार्यकर्तामा ठूलो मनोवैज्ञानिक असर प-यो । जनयुद्धको सुरुवातपछि पश्चिममा फौजी कारबाहीहरू सफल नहुनुमा यो एक महत्वपूर्ण कारण बन्यो । तर, यसले नेताहरूप्रति अन्धभक्त बन्ने प्रवृत्तिलाई पनि धक्का दियो र यसले कार्यकर्ता र नेताहरूको नयाँ पङ्क्ति तयार पार्न सहयोग ग-यो ।

शीतलकुमार (हरिबोल गजुरेल)ले पनि जनयुद्धको सुरुवातसँगै एक कार्यकर्ताकी श्रीमतीसँग यौन सम्बन्ध राख्न सुरु गरेका रहेछन् । सुरुमा उनले ढाँट्न कोसिस गरे । तर, पछि धेरैतिरबाट उनीहरूको उठबसबारे कुरा बाहिर आएपछि बाध्य भएर आफ्नो कमजोरी स्वीकारे । उनी पनि निष्कासनमा परे । उनको कारबाहीले पूर्वमा असर ग-यो ।

यसपछि नै मात्र आलोक पूर्वी कमाण्ड इन्चार्ज भए । शीतलकुमारले आफू कारबाहीमा परेको बेला पार्टीको पैसा नलिने भन्दै भारतमा रिक्सा चलाउन सिक्न खोजे । तर, रिक्साको ह्यान्डल सोझो पारेर सीधा चलाउन सकेनछन् । कोसिस त राम्रै थियो । जनयुद्ध संगीन मोडमा रहेको बेला यी तीन वरिष्ठ नेताहरूले गरेको अपराध सानोतिनो थिएन । तर, सबैको मिहिनेतले जनयुद्ध भने अघि बढ्यो ।- अर्जुन मल्ल/घटना र बिचारबाट