ओली र प्रचण्डबीच वान टु वान वार्ता सम्पन्न, यस्तो भयो छलफलको निस्कर्ष

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

oli and prachanda

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेदेखि साँढे १ बजेसम्म भएको प्रचण्ड र ओली बीचको एक्लाएक्लै वार्ता सम्पन्न भएको छ ।

गत चैत्र २२ मा बसेको एमाले–माओवादी सम्मिलित वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। यही पेरिफेरीमा दुई नेताहरुबीच आज एक्लाएक्लै भेटवार्ता भएको हो ।

आजको बैठकमा नेतृत्व र संगठनात्मक प्रतिनिधित्वका लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न, जनयुद्ध र जबजको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ।

आजको वार्तामा दुई नेताबीच पार्टी एकता जसरीपनि सम्पन्न गर्ने समझदारी कायम भएको छ । त्यस्तै दुवै पार्टी बराबरीकै अनुपातमा एकता गर्नेपनि ओली–प्रचण्डबीच समझदारी बनेको छ। तर, आलोपालो प्रधानमन्त्री चलाउने बारेमा भने मौन रहने समझदारी बनेको एक सूत्रले जनाएको छ ।