शरीर स्वस्थ राख्न यसरी पिउनुस पानी

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

drinking water

एजेन्सी ।पानी मानिसको शरीरका लागि जरुरी र अति आवश्यक तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । ।  यसका अलावा गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो ।

कतिपय मानिस पानीको  साटो सफ्ट ड्रिंक, बियर, कफी, सोडा जस्ता पेयपदार्थ पिउँछन् । तर तरल पदार्थ भएपनि यी चिज स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छन् । यी चिज पिउँदा पनि डिहाइड्रेशन हुन सक्छ ।

पानी समय मिलाएर कति मात्रमा खाए भन्ने ज्ञान स्वयम्पा आफूमा हुनु पर्द छ ।  मुख्य तय खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पानी पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।