प्रचण्डले प्रधानमन्त्रीमा लिखित सहमति खोजेपछि बालुवाटार तरंग

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

Prachanda_oli-

काठमाडौं, बैशाख ३ । पार्टी एकताबारे ठोस सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक लम्बिएको छ ।

बालुवाटार निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले सम्मानजनक एकता त्यसमा पनि ५० / ५० हुनुपर्ने अडान र प्रधानमन्त्रीमा आलोपालो हुनुपर्ने जिकिर गरेपछि दुई नेताहरुको बैठक केही लम्बिएको हो । बैठकमा प्रचण्डले प्रधानमन्त्री आलोपालो चलाउनेबारे लिखित नै सहमति खोजेपछि ओली सहमत हुन नसक्ने मुडमा देखिएपछि बालुवाटार तरंग उत्पन्न भएकाे हाे  ।