महन्थ ठाकुर आइसीयूमा भर्ना

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् ।

नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी गराए ।

रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । संयोजक ठाकुरसँगै दिल्लीमा रहेका कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएको थियो । एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको उनको भनाई छ ।